<
 
 
 
 
×
>
You are viewing an archived web page, collected at the request of United Nations Educational, Scientific and Cultural Organization (UNESCO) using Archive-It. This page was captured on 01:38:51 Dec 28, 2017, and is part of the UNESCO collection. The information on this web page may be out of date. See All versions of this archived page.
Loading media information hide
28.04.2017 - UNESCO Office in Kathmandu

End the Taboo: Importance of Sexuality Education in Nepal यौनिकतालाई बर्जित विषयका रुपमा लिइने प्रचलनको अन्त्यका लागि नेपालमा यौनिकता सम्बन्धी शिक्षाको महत्व

Providing young people across Nepal with the education they need is key to healthy decision-making. Research shows that as they grow up, young people face important decisions about relationships, sexuality, and sexual behavior. Experts have pushed for an updated school curriculum from primary to secondary education giving teachers and students a broader understanding of sexuality education. Universities as well now include comprehensive sexuality education (CSE) components in their curriculums especially in the Faculty of Education.

UNESCO organized three orientation workshops in March and April in Eastern (Dharan), Central (Dhulikhel) and Far-Western (Dadeldhura) Nepal, titled “International Technical Guidance on Sexuality Education”. The workshops raised awareness among policy makers, supporting agencies and teachers, providing evidence of why sexuality education is crucial for Nepal’s development.

“Comprehensive sexuality education teaches young people a range of information related to their own sexual anatomy, the act of sex, the use of contraceptives, and the risks of early pregnancy and STDs including HIV,” says Deergha Narayan Shrestha from UNESCO. Deergha explained how sexuality is broader than sexual activity and highlighted the importance of the workshop for empowering adolescent girls and young women.

Mr. Laljung Chauhan, Regional Education Director of Far-western region explained the importance of breaking the taboo around sexuality education and starting a conversation with students, families and communities.

“Orientation of Comprehensive Sexuality Education (CSE) is very important for teachers too. I will instruct teacher trainers to incorporate a couple of sessions on CSE in their upcoming trainings,” Chauhan added.

Over 90 participants including 35 young girls and women from 11 districts participated in the workshop, including representatives from the Ministry of Education, Ministry of Youth and Sports, National Centre for Education Development, Department of Education, Tribhuvan University, District Education Office, Women and Children Office, District Coordination Office, District Health Office, local NGOs, CLCs, media, UNFPA and UN Women.

The workshops were organized under the UNESCO-UNFPA-UN Women joint project “Empowering Adolescent Girls and Young Women through the Provision of Comprehensive Sexuality Education and Safe Learning Environment in Nepal” funded by the Korean International Cooperative Agency (KOICA). 

यौनिकतालाई बर्जित विषयका रुपमा लिइने प्रचलनको अन्त्यका लागि नेपालमा यौनिकता सम्बन्धी शिक्षाको महत्व

नेपालका युवाहरुलाई स्वस्थ तरिकाले निर्णय लिन सक्ने बनाउन उनीहरुलाई आवश्यक पर्ने शिक्षा उपलब्ध गराउनु महत्वपूर्ण हुन्छ । उमेर बढ्दै जाँदा युवाहरुले सम्बन्ध, यौनिकता र यौनसम्बन्धी व्यवहारका बारेमा महत्वपूर्ण निर्णय लिने अवस्थाको सामना गर्नु पर्ने अध्ययनहरुले देखाएका छन् । यौनिकता सम्बन्धी शिक्षाका बारेमा शिक्षक तथा विद्यार्थीहरुलाई विस्तृत बुझाइ प्रदान गर्नका लागि प्राथमिक देखि माध्यमिक तहसम्मको पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गर्न विशेषज्ञहरुले घच्घच्याएका छन् । विश्वविद्यालयहरुमा पनि, खाश गरेर शिक्षा संकायमा, विस्तृत यौनिकता शिक्षालाई आफ्नो पाठ्यक्रममा समावेश गराउन थालिएको छ ।

युनेस्कोले मार्च र अप्रिल महिनामा नेपालका पूर्वी (धरान), मध्य (धुलिखेल) र सुदुरपश्चिम (डढेलधुरा)मा यौनिकता शिक्षा सम्बन्धी अन्तर्राष्ट्रिय प्राविधिक निर्देशिका शिर्षकमा तीनवटा कार्यशालाहरुको आयोजना ग¥यो । नेपालको विकासका लागि यौनिकता सम्बन्धी शिक्षा किन महत्वपूर्ण छ भन्ने विषयमा प्रमाणहरु प्रदान गर्दै यी कार्यशालाहरुले नीति निर्माता, सहयोगी निकाय तथा शिक्षकहरुका माझ चेतना जागृत गरेका थिए ।

युनेस्कोका दीर्घ नारायण श्रेष्ठ भन्नुहुन्छविस्तृत यौनिकता शिक्षाले युवाहरुलाई उनीहरुको आफ्नो यौन शरिरीक संरचना, यौन कार्य, गर्भनिरोधक सामाग्रीहरुको प्रयोग र सानो उमेरमा गर्भवती हुँदा आउन सक्ने खतरा तथा एचआइभी लगायतका यौनसंक्रामक रोगहरुको जोखिमसँग सम्बन्धित जानकारीहरु सिकाउँदछ । श्रेष्ठले यौन क्रियाकलाप भन्दा यौनिकता कसरी अझै विस्तृत हुन्छ भन्ने वर्णन गर्दै  किशोरी तथा युवा महिलाहरुको सशक्तिकरणका लागि कार्यशालाको महत्वका बारेमा प्रष्ट पार्नु भयो ।

सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका क्षेत्रिय शिक्षा निर्देशक श्री लालजङ्ग चौहानले यौनिकता सम्बन्धी शिक्षालाई बर्जित विषयका रुपमा लिइने प्रचलनलाई तोड्नु तथा विद्यार्थी, परिवार र समुदायसँग बार्तालाप शुरु गर्नु महत्वपूर्ण हुने विचार व्यक्त गर्नु भयो ।

विस्तृत यौनिकता शिक्षाको अभिमूखिकरण शिक्षकहरुका लागि पनि अत्यन्तै महत्वपूर्ण छ । मैले शिक्षक प्रशिक्षकहरुलाई उनीहरुले सञ्चालन गर्ने आगामी तालिमहरुमा विस्तृत यौनिकता शिक्षा सम्बन्धी एकादुई सत्रहरुलाई समावेश गर्न लगाउनेछु । चौहानले बताउनु भयो ।

कार्यशालामा शिक्षा मन्त्रालयका प्रतिनिधिहरु, युवा तथा खेलकूद मन्त्रालय, शैक्षिक विकासका लागि राष्ट्रिय केन्द्र, शिक्षा विभाग, त्रिभुवन विश्वविद्यालय, जिल्ला शिक्षा कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला समन्वय कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय गैरसरकारी संस्था, सामुदायिक अध्ययन केन्द्र, सञ्चार, युएनएफपीए र युएन वुमनका प्रतिनिधिहरु लगायत विभिन्न ११ जिल्लाका ३५ जना युवा महिलाहरु सहित ९० जना सहभागीले भाग लिएका थिए ।

कार्यशालाहरु कोरियन अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोगमा युनेस्को, युएनएफपीए र युएन वुमनद्वारा संयुक्त रुपमा सञ्चालित नेपालमा विस्तृत यौनिकता शिक्षा तथा सुरक्षित सिकाइको वातावरणको व्यवस्थाका माध्यमबाट किशोरी तथा युवा महिलाहरुको सशक्तिकरण परियोजना अन्तरगत आयोजना गरिएको हो




<- Back to: UNESCO Office in Kathmandu
Back to top