<
 
 
 
 
×
>
You are viewing an archived web page, collected at the request of United Nations Educational, Scientific and Cultural Organization (UNESCO) using Archive-It. This page was captured on 23:14:06 May 05, 2017, and is part of the UNESCO collection. The information on this web page may be out of date. See All versions of this archived page.
Loading media information hide
06.03.2017 - UNESCO Office in Kathmandu

Preserving Buddhist Sacred, Ancient Sites, in the Greater Lumbini Area वृहत्तर लुम्विनी क्षेत्रमा पवित्र, प्राचीन बौद्ध स्थलहरुको संरक्षण

© UNESCO-Site visit to Tilaurakot during ISC meeting, 2017

UNESCO Representative to Nepal, Christian Manhart, congratulated international experts and national authorities for preserving Buddhist sacred and ancient sites in the Greater Lumbini Area.

On February 17-19, members of the International Scientific Committee (ISC) gathered in Lumbini to review project activities and coordinate various initiatives carried out by the Government of Nepal, development partners, and donors. The meeting was held in the framework of a UNESCO project funded by the Japanese Government, strengthening the conservation and management of Lumbini, the birthplace of Lord Buddha and a World Heritage Site.

“UNESCO is proud to be associated with this important project which has achieved significant results. I am glad that apart from project activities, UNESCO provides coordination, making sure that the major interests of the site are not in conflict but develop in harmony,” said Christian Manhart.

The meeting brought together international and national experts in archaeology, conservation, urban planning, the environment and heritage management. Representatives of the local Buddhist community provided further understanding to donors and partners, making the process participatory.

Professor Robin Coningham, UNESCO Chair in Archaeological Ethics and Practice in Cultural Heritage at Durham University, guided the tour to the ancient Tilaurakot site, the remains of the ancient Shakya Kingdom, where Lord Buddha lived until the age of 29.

“For three years, the team has worked to define the urban morphology and chronological development of Tilaurakot. The results of the geophysical survey and excavations have presented the most comprehensive plan of an Early Historic city in South Asia, and have uncovered a monumental walled palatial complex at the centre of the ancient city,” Professor Coningham highlighted.

Yukio Nishimura, Professor at the University of Tokyo, Japan, is currently preparing a detailed catalogue of heritage sites of the Greater Lumbini Area. So far he has identified and mapped 198 heritage sites in the Kapilvastu and Rupandehi Districts.

Conservators are scientifically studying the situation of the Ashoka Pillar and of third century BC archaeological remains inside the Mayadevi Temple in Lumbini. They have recommended a series of improvements for the existing Mayadevi Temple in order to reduce damage to archaeological structures.

As a result of the meeting, guidelines and monitoring tools for the conservation of archaeological remains will be prepared. Under the project, leaflets with maps, photos and information have been produced to assist site management efforts, and provide visitors with a greater understanding of this ancient cultural area.

Recommendations approved by the ISC include a Heritage Impact Assessment to be conducted before every new development project or contractual agreement at sites protected as heritage and archaeological areas in the Greater Lumbini Area. Archaeological and geological investigations must be carried out to enhance site’s protection and development. Sources of air, noise and ground water pollution, should be monitored and controlled. ISC members stressed the need of making sure that existing regulations get enforced by the government. Take off flight paths from Bhairahawa Airport should also avoid key heritage sites, in particular Ramagrama and Lumbini.

During the meeting, Bharat Mani Subedi, Joint Secretary of the Ministry of Culture, Tourism and Civil Aviation, Bhesh Narayan Dahal, Director-General of the Department for Archaeology; the Venerable Nigrodha, Vice-Chair of the Lumbini Development Trust; Kiyohiko Hamada, First Secretary of the Embassy of Japan in Nepal, all recognized the success of the project. 

According to Hamada the results of this project illustrate the contribution of international and local collaboration to boost the shared understanding of these important Buddhist sites.

“UNESCO is playing an instrumental role in the development and protection of Lumbini,” the Venerable Nigrodha stated.

Joint Secretary, Subedi, highlighted the need to continue the project beyond the current phase for the conservation and development of Lumbini.

The meeting concluded with a committment to continue the project and holding ISC meetings in the future.

Download the ISC Recommendations

वृहत्तर लुम्विनी क्षेत्रमा पवित्र, प्राचीन बौद्ध स्थलहरुको संरक्षण

नेपालका लागि युनेस्कोका प्रतिनिधि क्रिस्चियन म्यानहार्टले वृहत्तर लुम्विनी क्षेत्रमा भगवान बुद्धसँग सम्बन्धित पवित्र र प्राचीन स्थलहरुको संरक्षणमा पु¥याएको योगदानका लागि अन्तर्राष्ट्रिय विज्ञ तथा राष्ट्रिय अधिकारीहरुलाई बधाई दिनु भएको छ ।

परियोजनाका क्रियाकलापहरुको समीक्षा गर्न र नेपाल सरकार, विकास साझेदार र दातासंस्थाहरुले सञ्चालन गरेका विभिन्न पहलकदमीहरुको समन्वयका लागि फेव्रुअरी १७ देखि १९ सम्म अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (International Scientific Committee- ISC) का सदस्यहरु लुम्विनीमा भेला भएका थिए । भगवान बुद्धको जन्मस्थल लुम्विनी र विश्व सम्पदा स्थलको संरक्षण तथा व्यवस्थापनको सुदृढिकरण गर्न जापान सरकारको आर्थिक सहयोगमा युनेस्कोद्वारा सञ्चालित परियोजना अन्तर्गत उक्त बैठकको आयोजना गरिएको हो ।

“उल्लेखनीय उपलब्धीहरु हाँसिल गरेको यस परियोजनासँग सम्बन्धित हुन पाउँदा युनेस्को गर्ववान्वित् भएको”बताउँदै क्रिस्चियन म्यानहार्टले भन्नु भयो, “परियोजनाका गतिविधिहरु सञ्चालन गर्नुका अतिरिक्त यस स्थलसँग सम्बन्धित मुख्य चासो तथा चिन्ताहरुका बीच द्वन्द्वको अवस्था आउन नदिइ सदभावपूर्ण वातावरणमा तिनको विकास होओस् भन्ने कुराको सुनिश्चित गर्नका लागि समेत युनेस्कोले समन्वय गरिरहेकोमा म हर्षित् छु ।”

बैठकमा पुरातत्व, संरक्षण, शहरी योजना, वातावरण तथा सम्पदा व्यवस्थापनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुको सहभागिता रहेको थियो । स्थानीय बौद्ध समुदायले दाता तथा साझेदारहरुलाई थप जानकारीहरु प्रदान गरेका थिए जसले बैठकको प्रक्रियालाई सहभागितामूलक बनाएको थियो ।

दर्हेम विश्वविद्यालय स्थित आर्केआलजिकल इथिक्स एण्ड प्राक्टिसका युनेस्को अध्यक्ष प्राध्यापक रविन कनिङ्घमले प्राचीन तिलौराकोट स्थलको भ्रमणलाई मार्गदर्शन गर्नु भएको थियो । प्राचीन शाक्य अधिराज्य रहेको तिलौराकोटमा भगवान बुद्धले २९ वर्ष विताउनु भएको थियो ।

“गएका तीन वर्ष देखि, अध्ययन टोलीले तिलौराकोटको विकासक्रम र यहाँको शहरी संरचनालाई परिभाषित गर्नका लागि काम गरिरहेको छ । भू–भौतिक सर्वेक्षण तथा उत्खनन कार्यहरुबाट दक्षिण एशियाको एउटा प्राग–ऐतिहासिक नगरको सबैभन्दा विस्तृत योजना फेला पर्नुका साथै प्राचीन नगरको केन्द्रमा स्तम्भहरुको पर्खाल भएको आलिशान भवनहरुको समूह पनि फेला परेको छ, प्राध्यापक कनिङ्घमले प्रकाश पार्नु भयो ।

अहिले जापानको टोकियो युनिभर्सिटीका प्राध्यापक युकिओ निशिमुराले वृहत्तर लुम्विनी क्षेत्रमा पर्ने सम्पदा स्थलहरुको विस्तृत क्याटलग तयार पारिरहनु भएको छ । हालसम्म उहाँले कपिलवस्तु र रुपन्देही जिल्लामा १९८ सम्पदा स्थलहरुको पहिचान तथा नक्सांकन गर्नु भएको छ ।

संरक्षणकर्मीहरुले लुम्विनी स्थित अशोक स्तम्भ र मायादेवी मन्दिरभित्र अवस्थित इसापूर्व तेस्रो शताव्दीका पुरातात्विक अवशेषहरुको वैज्ञानिक रुपमा अध्ययन गरिरहेका छन् । उनीहरुले पुरातात्विक संरचनाहरुमा क्षति कम गर्नका लागि हालको मायादेवी मन्दिरमा क्रमिकरुपमा सुधार गर्दै जानु पर्ने सिफारिश गरेका छन्

उक्त बैठकको फलस्वरुप पुरातात्विक अवशेषहरुको संरक्षणका लागि निर्देशिकाका साथै अनुगमनका तौरतरीकाहरु समेत तयार पारिने छ । लुम्विनी क्षेत्रको व्यवस्थापनका लागि गरिएका प्रयत्नहरुमा सघाउ पुर्याउन र यस प्राचिन साँस्कृतिक क्षेत्रका बारेमा घुम्न आउने व्यक्तिहरुलाई वृहत्तर जानकारी प्रदान गर्नका लागि नक्सा, यस परियोजना अन्तरगत तस्वीर तथा सूचनाहरु उल्लेखित पुस्तिकाहरु तयार पारिएको छ ।

आइएससीद्वारा स्वीकृत सिफारिसहरुमा वृहत्तर लुम्विनी क्षेत्रमा सम्पदा तथा पुरातात्विक क्षेत्रका रुपमा संरक्षित स्थलहरुमा हरेक नयाँ विकास परियोजना सञ्चालन गरिनुभन्दा पहिले वा सम्झौता गरिनुभन्दा पहिले सम्पदा प्रभाव मूल्यांकन गरिनु पर्ने लगायतका सुझावहरु समावेश गरिएको छ । सम्पदा स्थलको संरक्षण र विकासलाई अघि बढाउनका लागि पुरातात्विक तथा भौगर्भिक अनुसन्धना गर्नै पर्छ । हावा, ध्वनी र जमीनमूनिबाट आउने पानीको प्रदूषणको स्रोतलाई अनुगमन तथा नियन्त्रण गर्नु पर्छ । आइएससीका सदस्यहरुले विद्यमान नियमहरुलाई सरकारले लागू गरिरहेको सुनिश्चित गर्नु पर्नेमा जोड दिएका छन् । भैरहवा विमानबाट उड्ने विमानहरुको हवाइ मार्गमा प्रमुख सम्पदा स्थलहरु, खाश गरेर रामग्राम र लुम्विनी पारिनु हुँदैन ।

बैठकका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव भरतमणी सुवेदी, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, लुम्विनी विकास कोषका उपाध्यक्ष श्रद्धेय निग्रोध, जापानी दुतावासका प्रथम सचिव कियोहिको हमादा लगायत सबै जनाले परियोजनाले प्राप्त गरेको सफलताको प्रंशसा गर्नु भएको थियो ।

ह्मादाका अनुसार परियोजनाका नतिजाहरुले यी महत्वपूर्ण बौद्ध स्थलहरुका बारेमा आपसी बुझाईलाई प्रोत्साहन दिनका लागि अन्तर्राष्ट्रिय र  स्थानीय व्यक्ति तथा संस्थाहरुका बीचको सहकार्यबाट प्रापत योगदानलाई दर्शाएका छन् ।

“लुम्विनीको विकास र संरक्षणमा युनेस्कोले महत्वपूर्ण भूमिका खेलेको छ”, श्रद्धेय निग्रोधले चर्चा गर्नु भयो ।

सहसचिव सुवेदीले लुम्विनीको संरक्षण र विकासका लागि परियोजनालाई हालको चरणभन्दा अघि बढाइ यसलाई निरन्तरता दिनु पर्ने विषयमा प्रकाश पार्नु भयो ।

परियोजनालाई निरन्तरता दिने र भविष्यमा आइएससीको बैठक आयोजना गर्ने प्रतिबद्धता सहित बैठक सम्पन्न भयो ।

आइएससीद्वारा स्वीकृत सिफारिसहरु डाउनलोड गर्नुस।




<- Back to: UNESCO Office in Kathmandu
Back to top