<
 
 
 
 
×
>
You are viewing an archived web page, collected at the request of United Nations Educational, Scientific and Cultural Organization (UNESCO) using Archive-It. This page was captured on 21:29:20 May 04, 2017, and is part of the UNESCO collection. The information on this web page may be out of date. See All versions of this archived page.
Loading media information hide
14.04.2017 - UNESCO Office in Kathmandu

UNESCO Launches National Workshop Establishing CLCs as Lifelong Learning Centers सामुदायिक अध्ययन केन्द्रलाई जीवनपर्यन्त सिकाइ केन्द्रका रुपमा विकास गर्नका लागि युनेस्कोद्वारा राष्ट्रिय कार्यशालाको आयोजना

©UNESCO -Participants of the workshop "Developing CLCs and Lifelong learning centres"

UNESCO, in collaboration with the Non Formal Education Center (NFEC) and Shikharapur Community Learning Center, launched the five-day national workshop “Developing Community Learning Centers (CLCs) as Lifelong Learning Centers” on 9 April in Kathmandu, Nepal.

The workshop is one of the many workshops organized by UNESCO to continuously build capacities of CLCs. The workshop gathered facilitators from 15 selected CLCs throughout the country with proven track record. It focused on strengthening the CLC network, identifying needs at community level as well as increasing assess and participation of communities. The goal was to ultimately share ideas for sustainable resource mobilization.

Balaram Timalsina, the National Professional Officer of UNESCO, welcomed participants and emphasized the importance of CLCs in promoting the targets of Sustainable Development Goal 4 to ensure inclusive and equitable quality education and promote lifelong learning opportunities for all. Timalsina requested the participating CLCs to commit to work towards establishing themselves as an inclusive lifelong learning center for all, and to regularly share best practices.

Bimala Mishra from the NFEC further explained the notion of lifelong and life-wide learning and emphasized the efforts and commitment by NFEC to support CLCs in promoting such values.

During the five-day intensive training, participants carry out a series of activities including self-evaluation, group work, work plan development, and field visits.

The workshop is supported under Capacity Development for Education (CapED) programme and served as a follow-up to the national workshop to promote lifelong learning through CLCs held in Bhaktapur in June 2016. 

सामुदायिक अध्ययन केन्द्रलाई जीवनपर्यन्त सिकाइ केन्द्रका रुपमा विकास गर्नका लागि युनेस्कोद्वारा राष्ट्रिय कार्यशालाको आयोजना

अनौपचारिक शिक्षा केन्द्र र शिखरापुर सामुदायिक अध्ययन केन्द्रसँगको सहकार्यमा “सामुदायिक अध्ययन केन्द्रहरुलाई जीवनपर्यन्त सिकाई केन्द्रका रुपमा विकास गर्न” युनेस्कोद्वारा पाँच दिने राष्ट्रिय कार्यशालाको शुभारम्भ गरियो । ९ अप्रिलका दिन शुरु  भएको उक्त कार्यशाला फर्पिङमा सञ्चालन गरिएको हो ।

उक्त कार्यशाला सामुदायिक अध्ययन केन्द्रहरुको क्षमता विकास गर्नका लागि युनेस्कोद्वारा आयोजित कार्यशालाहरु मध्ये एक हो । कार्यशालामा देशै भरि उपलब्धीमूलक कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका मध्येबाट छनौट गरिएका १५ वटा सामुदायिक अध्ययन केन्द्रहरुबाट आएका सहजकर्ताहरुले भाग लिएका थिए । सामुदायिक अध्ययन केन्द्र सञ्जालको सुदृढिकरण, समुदाय स्तरमा आवश्यकता पहिचानका साथै समुदायको पहुँच तथा सहभागितामा वृद्धि गर्ने विषयहरुमा कार्यशाला केन्द्रित रहेको थियो । दीगो स्रोत परिचालनका लागि उपायहरु पत्ता लगाइ एकअर्कालाई बाँड्नु कार्यशालाको लक्ष्य थियो ।

युनेस्कोका नेशनल प्रोफेसनल अफिसर बलराम तिमल्सिनाले कार्यशालाका सहभागीहरुलाई स्वागत गर्नुका साथै समावेशी र समतामूलक गुणस्तरीय शिक्षाको सुनिश्चित गर्दै सबैका लागि जीवनपर्यन्त सिकाइको प्रवर्द्धन गर्ने दीगो विकास लक्ष्य नं. ४ सँग सम्बन्धित टार्गेटहरुको प्रवर्द्धन गर्न सामुदायिक अध्ययन केन्द्रहरु महत्वपूर्ण हुने विषयमा जोड दिनु भयो । आफैंमा समावेशी जीवनपर्यन्त सिकाइ केन्द्रका रुपमा स्थापित भइ राम्रा अभ्यासहरुलाई निरन्तर रुपमा बाँड्नका लागि तिमल्सिनाले सहभागी सामुदायिक अध्ययन केन्द्रहरुलाई अनुरोध गर्नु भयो ।

अनौपचारिक शिक्षा केन्द्रका विमला मिश्रले जीवनपर्यन्त र जीवनव्यापी सिकाइको अवधारणाका बारेमा वर्णन गर्नुका साथै सामुदायिक अध्ययन केन्द्रहरुलाई यस्ता मूल्यहरुको प्रवर्द्धनका लागि सहयोग गर्न अनौपचारिक शिक्षा केन्द्रले गरिरहेको प्रयास तथा प्रतिवद्धताका बारेमा बताउनु भयो ।

पाँच दिने सघन तालिमका क्रममा सहभागीहरुले आत्म–मूल्यांकन, समूह कार्य, कार्ययोजना निर्माण तथा स्थलगत भ्रमण लगायतका विभिन्न गतिविधिहरु सञ्चालन गर्दछन् ।

शिक्षाका लागि क्षमता विकास कार्यक्रम अन्तर्गत सञ्चालित उक्त कार्यशाला सामुदायिक अध्ययन केन्द्रमार्फत जीवन पर्यन्त सिकाइको प्रवर्द्धनका लागि सन् २०१६ को जुनमा भक्तपुरमा आयोजित कार्यशालाको निरन्तरताका रुपमा आयोजना गरिएको हो ।




<- Back to: UNESCO Office in Kathmandu
Back to top