<
 
 
 
 
×
>
You are viewing an archived web page, collected at the request of United Nations Educational, Scientific and Cultural Organization (UNESCO) using Archive-It. This page was captured on 09:09:55 Dec 07, 2018, and is part of the UNESCO collection. The information on this web page may be out of date. See All versions of this archived page.
Loading media information hide
03.10.2018 - UNESCO Office in Kathmandu

UNESCO to support the development of the new ICT in Education Master Plan शिक्षामा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी नयाँ गुरुयोजनाको निर्माणमा युनेस्कोले सहयोग गर्ने

© UNESCO -

With the expiration of the existing Information and Communications Technology (ICT) in Education Master Plan at the end of 2017, it is important to look back and review how effectively it was implemented to maximize any findings, lessons learnt and recommendations that could influence the development of the next Master Plan.

UNESCO and the Ministry of Education, Science and Technology (MoEST) organized a scoping workshop on 26-27 September in Kathmandu to review the previous ICT in Education Master Plan 2013-2017 and establish the precise scope for the development of the next five-year Master Plan through discussions with key officials and other relevant organizations. The workshop was attended by 48 participants, which included officials from the MoEST, Ministry of Communication and Information Technology, professors, experts and teacher representatives. 

UNESCO Representative to Nepal, Christian Manhart encouraged everyone present to move forward with a vision of ensuring quality education for all through the use of ICT in all aspects of education, and to create a knowledge-based society.

Khagaraj Baral, Secretary for Education, also highlighted the important role of ICT in ensuring quality education for all and acknowledged UNESCO’s timely support in the development of the new Master plan.

SDG4 (Education 2030 Agenda) recognizes the immense potential of ICT in ensuring quality lifelong learning for all. It highlights the need for ICTs to be harnessed to strengthen education systems, and to improve knowledge dissemination, access to quality information, and more effective service provision.

Jonghwi Park from the UNESCO Office in Bangkok introduced the workshop, and explained various UNESCO practices and tools, which could be used in the creation of ICT in Education Master Plans in the Asia-Pacific region.

Joint Secretary, Hari Prasad Lamsal and Under Secretary, Sushil Babu Khanal from the MoEST, discussed the achievements and challenges of the ICT in Education Master Plan 2013-2017 and UNESCO consultant Prof Ganesh Singh summarised the preliminary findings of a desk review of the Master Plan 2013-2017.

On the second day, Under Secretary from the MoEST, Dhruba Raj Regmi discussed the goals, outcomes and national priorities in SDG4 and listed the activities supported by ICT in the School Sector Development Plan 2016-2023.

As part of the “ICT to facilitate SDG4 in South Asia” project supported by Japanese Funds-in-Trust, this workshop established the scope of the review of the present Master Plan and reached a mutual understanding on a tentative work plan of activities for the development of the next ICT in Education Master Plan.

Click here for the photographs.

शिक्षामा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी नयाँ गुरुयोजनाको निर्माणमा युनेस्कोले सहयोग गर्ने 

सन् २०१७ को अन्त्यसँगै शिक्षामा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी गुरुयोजनाको अवधी समेत सम्पन्न भएसँगै त्यसलाई अधिकतम परिणाममूखी बनाउनका लागि त्यसलाई कत्तिको प्रभावकारीरुपमा कार्यान्वयन गरिएको थियो, त्यसबाट के कस्ता सिकाइहरु भए र आगामी गुरु योजना निर्माणमा प्रभाव पार्न सक्ने के कस्ता कुराहरु शिफारिस गर्न सकिन्छ भनेर समीक्षा गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ । 

उच्चपदस्थ अधिकारीहरु एवं अन्य सम्बद्ध संघसंस्थाहरुसँग छलफल गरी शिक्षामा सूचना तथा सञ्चार प्रविधि गुरुयोजना २०१३—२०१७ को समीक्षा गर्न र अर्को पञ्चबर्षीय गुरुयोजना निर्माणका लागि यथार्थपरक कार्यक्षेत्र बनाउनका लागि युनेस्को र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा सेप्टेम्वर २६—२७ मा काठमाडौँमा एक कार्यशालाको आयोजना गरियो । कार्यशालामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीहरु, प्राध्यापक, विज्ञ र शिक्षक प्रतिनिधिहरु सहित ४८ जनाको सहभागिता रहेको थियो ।  

नेपालका लागि युनेस्कोका प्रतिनिधि क्रिश्चियन म्यानहार्टले शिक्षाका सबैपक्षहरुमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगका माध्यमबाट सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने परिकल्पनाका साथ अगाडि बढ्न एवं ज्ञानमा आधारित समाज निर्माण गर्नका लागि उपस्थित सबैलाई उत्प्रेरित गर्नु भयो । 

शिक्षा सचीव खगराज बरालले समेत सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्नमा सूचना तथा सञ्चार प्रविधिको महत्वकाबारेमा प्रकाश पार्नुहुँदै नयाँ गुरुयोजना निर्माणका लागि सहि समयमा पुर्याएको सहयोगका लागि युनेस्कोप्रति आभार प्रकट गर्नुभयो । 

दिगो विकास लक्ष्य ४ (शिक्षा २०३० कार्यक्रम) ले सबैका लागि गुणस्तरीय जीवनपर्यन्त सिकाईको सुनिश्चित गर्नमा सूचना तथा सञ्चार प्रविधिसँग प्रचुर क्षमता छ भन्ने मान्यता राख्दछ । यसले शिक्षा प्रणालीको सुदृढिकरण गर्न तथा ज्ञान वितरण, गुणस्तरीय सूचनामाथिको पहुँच एवं थप प्रभावकारी सेवाको व्यवस्थामा सुधार ल्याउनका लागि सूचना तथा सञ्चार प्रविधिहरुलाई उपयोगमा ल्याउनु पर्ने आवश्यकता माथि जोड दिएको छ । 

युनेस्को बैंकक कार्यालयका जोङ्वी पार्कले कार्यशालाको परिचयात्मक मन्तव्य राख्नु हुँदै युनेस्कोका विविध अभ्यास एवं साधनहरुका बारेमा वर्णन गर्नु भएको थियो जसलाई एसिया—प्रशान्त क्षेत्रमा शिक्षामा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी गुरुयोजनाको निर्माणमा प्रयोग गर्न सकिन्छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह—सचीव हरिप्रसाद लम्साल र उप—सचीव शुशिल बाबु खनालले शिक्षामा सूचना तथा सञ्चार गुरुयोजना २०१३—२०१७ का उपलब्धी तथा चुनौतिहरुका बारेमा चर्चा गर्नुभयो । त्यसरी नै युनेस्कोका परामर्शदाता प्राध्यापक गणेश सिंहले उक्त गुरुयोजना (२०१३—२०१७) का प्रारम्भिक परिणामहरुलाई सारंशमा प्रस्तुत गर्नुभयो । 

दोस्रो दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उप—सचीव ध्रुवराज रेग्मीले दिगो विकास लक्ष्य ४ का लक्ष्य, अपेक्षित उपलब्धी तथा राष्ट्रिय प्राथमिकताहरुका बारेमा चर्चा गर्दै सूचना तथा सञ्चार प्रविधिद्वारा सहयोग पुर्याइएका विद्यालय क्षेत्र विकास योजना २०१६—२०२३ का क्रियाकलापहरुको सूची प्रस्तुत गर्नु भयो । 

जापानीज—फण्ड्स—इन—ट्रष्टको सहयोगमा सञ्चालित ‘दक्षिण एशियामा दिगो विकास लक्ष्य ४को सहजीकरणमा सूचना तथा सञ्चार प्रविधि’ कार्यक्रमको एउटा हिस्साका रुपमा यस कार्यशालाले विद्यमान गुरुयोजनाको समीक्षाका संभाव्य कार्यक्षेत्रहरु निर्धाण गर्दै शिक्षामा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी अर्को गुरुयोजना निर्माणका लागि कार्यक्रमहरुको संभावित कार्ययोजनाका बारेमा आपसी बुझाइलाई समेत प्रबद्र्धन गर्यो ।

फोटोहरुका लागि यहाँ क्लिक गर्नुहोस् ।

 




<- Back to: UNESCO Office in Kathmandu
Back to top