<
 
 
 
 
×
>
You are viewing an archived web page, collected at the request of United Nations Educational, Scientific and Cultural Organization (UNESCO) using Archive-It. This page was captured on 07:15:26 Jan 08, 2020, and is part of the UNESCO collection. The information on this web page may be out of date. See All versions of this archived page.
Loading media information hide
27.02.2017 - UNESCO Office in Kathmandu

CapED Nepal: Looking at the Future of Non-formal Education नेपालमा अनौपचारिक शिक्षाको भावी परिदृष्यका सन्दर्भमा शिक्षाका लागि क्षमता विकास कार्यक्रम

From 2010-2015, the National Literacy Campaign (NLC) and Literate Nepal Mission (LINEM) by the Ministry of Education has provided literacy classes to over 1.4 million people across Nepal. Despite the effort, it is unclear whether learners achieved the required competency and continue to acquire the skills needed to fulfill their aspirations and contribute to society throughout their lives. Against this background, UNESCO in collaboration with the Non Formal Education Center (NFEC), commissioned a series of studies to assess and evaluate literacy campaigns in 12 selected “literate” districts across Nepal. The research produced lessons and recommendations for future literacy and lifelong learning campaigns.

Findings from the report “Reading the Past, Writing the Future: A report on National Literacy Campaign and Literate Nepal Mission” were discussed in Kathmandu on 23 February. A national workshop gathered representatives from the planning, supporting and implementing agencies of literacy efforts in Nepal. The workshop was part of a sector-wide review of policies and plans to ensure the integration of SDG 4. A particular emphasis was placed on Adult Literacy and Education to further develop the non-formal education sub-sector in Nepal. 

The study presented by education expert, Tanka Nath Sharma, found weaknesses in facilitators’ trainings, learning assessments and monitoring systems. Learning materials lacked the flexibility needed to cater to different segments of the population. Experts recommended diversifying learning structures and promoting education beyond traditional class-based education. Community Learning Centers need to be as local hubs for non-formal education activities. 

Ulrike Hanemann from the UNESCO Institute of Lifelong Learning broadened the idea of literacy and lifelong learning. She defined literacy as a continuum of proficiency. Learning occurs in every stage of life from early childhood to adulthood. With the non-formal education sub-sector serving the majority of the country - from school drop outs to senior citizens - more resources should be mobilized through advocacy and cross-sector collaboration.

Diwakar Dhungel, Director of NFEC, presented the current non formal education strategy for Nepal. Participants took the opportunity to discuss the vision for lifelong learning in the country and how to translate ideas into policy and practice. Action points were sketched out to move forward with SDG4 and the non formal education sub-sector in the country. 

The report and workshop were organized under the framework of Capacity Development for Education Programme (CapED) Nepal. The programme assists countries in the field of educational policies and strategies, towards achieving SDG 4. 

Download the full report - “Reading the Past, Writing the Future: A report on National Literacy Campaign and Literate Nepal Mission”

Download the workshop presentation and video.

नेपालमा अनौपचारिक शिक्षाको भावी परिदृष्यका सन्दर्भमा शिक्षाका लागि क्षमता विकास कार्यक्रम

शिक्षा मन्त्रालयद्वारा सञ्चालित राष्ट्रिय साक्षरता अभियान तथा साक्षर नेपाल अभियान कार्यक्रमबाट सन् २०१० देखि २०१५ सम्मको पाँच वर्षको अवधीमा नेपाल भरिका १४ लाख भन्दा बढि मानिसहरु लाभान्वित भएका छन् । उक्त प्रयासका वावजूद सिक्ने व्यक्तिहरुले आवश्यक क्षमता प्राप्त गरे या गरेनन् र उनीहरुका आफ्नै अपेक्षाहरु पुरा गर्नका लागि तथा आफ्नो जीवनकालमा समाजमा योगदान पु¥याउनका लागि आवश्यक सीप हाँसिल गरे या गरेनन् भन्ने कुरा प्रष्ट हुन बाँकी नै छ । यसै पृष्ठभूमिमा, अनौपचारिक शिक्षा केन्द्रसँगको सहकार्यमा युनेस्कोले नेपाल भरिबाट १२ वटा ‘‘साक्षर’ जिल्लाहरु छनौट गरि साक्षरता अभियानको मूल्यांकन गर्नका लागि श्रृंखलाबद्ध अध्ययनहरु सञ्चालन गर्न सहयोग गरेको थियो । अध्ययनबाट केहि सिकाइहरु तथा भावी दिनमा साक्षरता कार्यक्रम तथा जीवनपर्यन्त सिकाइ अभियानहरुका सञ्चालन गर्नका लागि उपयोगी हुनसक्ने सिफारिशहरु प्राप्त भएका छन् । 

”विगतबाट सिकौँ, भविष्य कोरौँ” भन्ने नारालाई आवरण शिर्षकमा समावेश गरि तयार पारिएको राष्ट्रिय साक्षरता अभियान तथा साक्षर नेपाल अभियानको प्रतिवेदनमा उल्लेखित तथ्य तथ्यांकहरुका बारेमा छलफल गर्न काठमाडौँमा एक कार्यशालाको आयोजना गरियो । २३ फेव्रुअरीमा आयोजित उक्त कार्यशकालामा योजना, सहयोग तथा कार्यन्वयन लगायत साक्षरताका लागि प्रयासरत विभिन्न निकायहरुका प्रतिनिधिहरुको सहभागिता थियो । उक्त कार्यशाला दिगो विकास लक्ष्य नं. ४ लाई समावेश गर्नका लागि आयोजित नीति तथा कार्यक्रमहरुको क्षेत्रगत समीक्षाको एउटा हिस्सा थियो । नेपालमा अनौपचारिक शिक्षा सम्बन्धी उपशाखालाई अझै अघि विकास गर्न कार्यशालामा प्रौढ साक्षरता र शिक्षामा विशेष जोड दिइएको थियो । 

शिक्षा विद् टंकनाथ शर्माले प्रस्तुत गर्नु भएको अध्ययनमा सहजकर्ताहरुको तालिम, सिकाइको मूल्यांकन तथा अनुगमन प्रणालीमा कमजोरीहरु रहेको तथ्यलाई औँल्याइएको छ । सिकाइ सामाग्रीहरुमा फरकफरक पृष्ठभूमि भएका जनमानसको आवश्यकतालाई संवोधन गर्नका लागि चाहिने लचकताको अभाव रहेको भन्दै विज्ञहरुले सिकाइको संरचनालाई विविधिकरण गर्न तथा  शिक्षालाई कक्षामा आधारित परंपरागत शिक्षा भन्दा अघि बढि यसको प्रवर्धन गर्न सिफारिस गर्नु भयो । सामुदायिक अध्ययन केन्द्रहरुलाई अनौपचारिक शैक्षिक गतिविधिहरुको स्थानीय केन्द्र बन्नु आवश्यक छ । 

युनेस्कोको जीवनपर्यन्त सिकाइ सम्बन्धी संस्थाका अल्राइक ह्यानमानले साक्षरता र जीवनपर्यन्त सिकाइको अवधारणालाई फराकिलो रुपमा प्रस्तुत गर्नु भयो । उहाँले साक्षरतालाई निपुणताको निरन्तरताका रुपमा परिभाषित गर्नु भयो । प्रारंभिक बाल्यवस्था देखि प्रौढ अवस्था सम्म, जीवनका हरेक चरणहरुमा सिकाइ हुने गर्छ । अनौपचारिक शिक्षाले विद्यालय जान छाडेका देखि वृद्धवृद्धाहरुसम्म देशको बहुसंख्यक जनतालाई समेट्ने भएकोले वकालत र विभिन्न क्षेत्रहरुका बीचको सहकार्यका माध्यमबाट बढि भन्दा बढि साधनस्रोतहरु परिचालन गरिनु पर्छ । 

अनौपचारिक शिक्षा केन्द्रका निर्देशक दिवाकर ढुंगेलले नेपालको वर्तमान अनौपचारिक शिक्षा रणनीतिका बारेमा प्रस्तुतीकरण गर्नु भयो । कार्यशालाका अवसरमा सहभागीहरुले यो देशमा जीवन पर्यन्त सिकाइको परिकल्पना कस्तो होला र विचार र अवधारणाहरुलाई नीति तथा कार्यक्रमहरुमा कसरी अनुवाद गर्न सकिएला भनेर छलफल गरे । नेपालमा दिगो विकास लक्ष्य नं. ४ र अनौपचारिक शिक्षालाई अघि बढाउनका लागि बुदाँगत कार्यक्रमहरुको खेस्रा कोरिएको थियो । 

प्रतिवेदन तथा कार्यशाला शिक्षाका लागि क्षमता विकास कार्यक्रम अन्तरगत आयोजना गरिएको थियो । यस कार्यक्रमले विभिन्न देशहरुलाई दिगो विकास लक्ष्य नं. ४ प्राप्त गर्ने दिशामा शैक्षिक नीति नथा रणनीतिहरुको क्षेत्रमा सहयोग प्रदान गर्दछ । 

प्रतिवेदन Reading the Past, Writing the Future: A report on National Literacy Campaign and Literate Nepal Mission” डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । 

कार्यशालामा प्रस्तुत गरिएका प्रस्तुतीकरणहरु तथा भिडियो डाउनलोड गर्नुहोस् ।




<- Back to: UNESCO Office in Kathmandu
Back to top