<
 
 
 
 
×
>
You are viewing an archived web page, collected at the request of United Nations Educational, Scientific and Cultural Organization (UNESCO) using Archive-It. This page was captured on 00:31:55 Jan 08, 2020, and is part of the UNESCO collection. The information on this web page may be out of date. See All versions of this archived page.
Loading media information hide
17.09.2019 - UNESCO Office in Kathmandu

Building Media Resilience in Nepal: UNESCO and Bournemouth University launch book on Disaster Journalism युनेस्को र बौर्नमाउथ विश्वविद्यालयद्वारा विपद पत्रकारीता सम्बन्धी पुस्तकको विमोचन

UNESCO Office in Kathmandu together with Bournemouth University , UK, launched a book on disaster journalism titled “Building Media Resilience in Nepal” on 16 September 2019. The book has been co-authored by Chindu Shreedharan, Principal Academic in Journalism at BU, Einar Thorsen, Associate Professor of Journalism and Communication at BU, and Nirjana Sharma, Programme Coordinator at UNESCO Kathmandu.

At the launch, UNESCO Representative to Nepal Christian Manhart said that it was important to publish the book, which covers disaster reporting, lessons learned and how media can better prepare for the future.

“As you know, Nepal is among the countries that are most threatened by natural disasters, as it lies in a high seismic zone and landslides and floods occur frequently during every rainy season. Media that understand what disasters are about, will be able to facilitate participation of the public in preparation of disaster risk reduction policies and strategies,” he added.

The authors of the book said that the importance of disaster journalism in Nepal could not be overstated. Situated in one of the world’s most disaster-prone areas, the nation is particularly vulnerable to calamities. As the 2015 earthquake showed, it is also ill prepared. Enhancing the disaster preparedness of news media personnel is therefore of great importance to lessen the impact of future events.

Professor Chiranjivi Khanal, Head of Mass Communication and Journalism Department at Tribhuvan University, said that the university is currently working on preparing the curriculum of the Humanities and Social Sciences stream to introduce a four-year bachelor’s degree programme that covers the subject. “We want to take it as an opportunity to include environmental reporting, reporting on climate change and other disasters in the new course of study. The new course will have a chapter on the types of disasters Nepal is facing, and how the media can help communities and duty bearers to prepare on time,” Professor Khanal said.

Representatives from the Association of Community Radio Broadcasters Nepal, the Federation of Nepali Journalists, and Education and Environment Journalists expressed their views on the changes in their respective sectors, assessing what more needs to be done.

The book has also outlined recommendations to improve disaster resilience.

Download: Nepali, English

युनेस्को र बौर्नमाउथ विश्वविद्यालयद्वारा विपद पत्रकारीता सम्बन्धी पुस्तकको विमोचन

युनेस्को काठमाडौं कार्यालय र संयुक्त अधिराज्यस्थित बौर्नमाउथ विश्वविद्यालयले १६ सेप्टेम्बर २०१९ का दिन ‘व्युल्डिङ मिडिया रेजिलियन्स इन नेपाल’ नामक विपद पत्रकारीता सम्बन्धी एक पुस्तकको लोकार्पण गरेका छन् । उक्त पुस्तकलाई बौर्नमाउथ विश्वविद्यालयस्थित पत्रकारीता विषयका प्राचार्य चिन्दू श्रीधरण‚ सोही विश्वविद्यालयमा पत्रकारीता र सञ्चार विषयका सहप्राध्यापक आइनर थोर्सन र युनेस्को काठमाडौं कार्यालयका कार्यक्रम संयोजक निर्जना शर्माले सहलेखन गरेका हु्न् ।

पुस्तक लोकार्पण समारोहमा बोल्नुहुँदै नेपालका लागि युनेस्कोका प्रतिनिधि क्रिश्चियन म्यानहार्टले विपदबारे खबर संप्रेषण गर्ने‚ सिकाईहरू तथा भविष्यका लागि मिडियालाई कसरी अझै राम्रोसँग तयार पार्न सकिन्छ भन्ने जस्ता विषयहरू समेटिएको यो पुस्तकको प्रकाशन गर्नु महत्वपूर्ण भएको विचार व्यक्त गर्नु भयो ।

“तपाईहरूलाई विदितै छ‚ उच्च भूकम्पीय जोखिम भएको क्षेत्रमा पर्ने भएकाले नेपाल प्राकृतिक विपदको सबैभन्दा बढि खतरा भएका मुलुकहरूमध्येमा पर्दछ र वर्षातको मौसममा यहाँ बारम्बार बाढि पहिरो गइरहन्छ । त्यस्तो मिडिया जसले विपद के हो भनेर बुझेको छ‚ उसले विपद जोखिम न्यूनीकरण सम्बन्धी नीति तथा रणनीतिहरू तयार पार्न सर्वसाधारणको सहभागितालाई सहजीकरण गर्नमा सक्षम हुनेछ”‚ म्यानहार्टले भन्नुभयो ।

पुस्तकका लेखकहरूले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपालमा विपद पत्रकारीताको महत्वलाई ज्यादै व्याख्या गरिरहनु नपर्ने बताउनु भयो । विश्वकै सबैभन्दा बढि विपद संभाव्य क्षेत्रमा रहेको यो राष्ट्र खास गरेर प्राकृतिक प्रकोपको जोखिममा रहेको छ । सन् २०१५ को भूकम्पमा देखिए जस्तै (विपदव्यवस्थापनका लागि) यसको तयारी पनि कमजोर छ । त्यसैले भविष्यमा हुनसक्ने यस्तै प्रकारका घटनाहरूको असर कम गर्न समाचारका क्षेत्रमा काम गर्ने मिडियाकर्मीहरूको विपत (व्यवस्थापन गर्ने) तयारीमा सुधार ल्याउनु ठूलो महत्वको कुरा हो ।

उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालय‚ आम सञ्चार तथा पत्रकारीता विभागका प्रमुख प्राध्यापक चिरञ्जिवी खनालले विश्वविद्यालयले मानविकी तथा समाज शास्त्र संकायमा चारवर्षे स्नातक तहको कार्यक्रमका लागि पाठ्यक्रम निर्माण गर्ने तयारी गरिरहेको बताउनु भयो जसले यो विषयलाई समेट्नेछ । प्राध्यापक खनालले भन्नुभयो‚ “नयाँ पाठ्यक्रममा वातावरणीय खबर संप्रेषण‚ जलवायु परिवर्तन एवं अन्य विपद सम्बन्धी विषयहरू समावेश गर्ने सम्बन्धमा हामीले यसलाई एउटा अवसरका रूपमा लिएका छौं । नेपालले सामना गरिरहेका विपदका प्रकारहरू‚ र समयमा नै तयार रहनका लागि समुदाय र कर्तव्यपालक (कर्मचारीहरू)लाई मिडियाले कसरी सहयोग पुर्याउन सक्छ भन्ने विषयमा नयाँ पाठ्यक्रममा एउटा छुट्टै अध्याय हुनेछ ।”

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ‚ नेपाल पत्रकार महासंघका प्रतिनिधिहरू एवं शिक्षा तथा वातावरण पत्रकारहरूले आआफ्ना क्षेत्रहरूमा भएका परिवर्तनहरूका साथै अझ बढि गर्नु पर्ने विषयका बारेमा विचारहरू व्यक्त गरेका थिए ।

पुस्तकमा विपद उत्थानशीलतामा सुधार ल्याउनका लागि के के गर्नु पर्छ भन्नेबारेमा सिफारिशहरू समेत समेटिएको छ ।

डाउनलोड गर्नुहोस् - नेपालीअंग्रेजी 




<- Back to: UNESCO Office in Kathmandu
Back to top