<
 
 
 
 
×
>
You are viewing an archived web page, collected at the request of United Nations Educational, Scientific and Cultural Organization (UNESCO) using Archive-It. This page was captured on 06:28:36 Jan 29, 2017, and is part of the UNESCO collection. The information on this web page may be out of date. See All versions of this archived page.
Loading media information hide
19.12.2016 - UNESCO Office in Kathmandu

Press Release: Successful Completion of Heritage Inventory at Hanumandhoka हनुमानढोकामा भूकम्पपश्चात उद्धार गरिएका वस्तुहरुको सम्पदा विवरणसूचीकरण सफलतापूर्वक सम्पन्न

© ICOMOS Nepal -Heritage inventory of earthquake-damaged monuments at Hunumandhoka

A UNESCO supported project to create an inventory documenting objects recovered from Hanumandhoka Durbar Square, a site located at the heart of the rich cultural heritage of Nepal which witnessed significant destruction in the 2015 earthquakes, has been successfully completed.

Hanumandhoka Durbar Square suffered the total collapse of ten structures in the earthquakes, and significant damage to many others. During the rescue operation and subsequent clearing of the sites, the building elements and objects recovered from the square were placed across 23 locations in an assortment of mixed sites.

The task of salvaging, sorting and cataloguing the items, which ranged from screening a variety of objects including decorative and large wooden members to smaller pieces and stone idols, was immense. More than 1565 artefacts, including three copper inscriptions, five stone idols, and other carved wooden members such as doors and windows were re-assembled where possible. Pillars (thaam), struts, brackets (meth), joist heads (dhalinkhwas), cornices (jhalar) and icons were recovered, with the majority deemed reusable in their original locations.

The sites contained vast mixtures of objects in various conditions, and a team of experts led by Prof. Mukunda Raj Aryal and Sukra Sagar Shrestha worked extensively to create a clear inventory of the monuments. The project covered eight of the totally collapsed monuments, and two of the damaged structures.

Work on the project began after an agreement was made in November 2015 between stakeholders, including the Department of Archaeology, Hanumandhoka Durbar Museum Development Committee, ICOMOS Nepal and UNESCO. UNESCO entrusted ICOMOS Nepal for the coordination of engaging master carpenters and skilled craftspeople, as well as museum staff, volunteers and labourers. The project received significant funding from the Fok Ying Tung Foundation in Hong Kong, as well as funding from the Japanese Government.

Christian Manhart, UNESCO Representative to Nepal, stated: “We are pleased to have successfully completed the inventory of wooden architectural elements from Hanumandhoka, and supported the Department of Archaeology’s efforts to recover, safeguard and document those objects. This inventory of the debris from the monuments, and the ability to reuse these original materials will be of great benefit for the rebuilding phase”.

Hanumandhoka is a complex of Durbar Square of central Kathmandu, Nepal, with structures including the Royal Palace of the Malla kings and of the Shah dynasty. It is one of the seven monument zones of the Kathmandu Valley World Heritage Site, and represents part of Nepal’s living heritage as a site which has ongoing religious interaction and worship. Key sites such as the Kasthamandap were included in the project, which will serve to provide a clear and essential inventory of items to be used in the rebuilding process, as well as preserving the rich heritage of the city.

For more information:

Reports on Salvaging, screening and inventorying of carved wooded elements from earthquake damaged monuments in Hanumandhoka:

Kathmandu, 19 December 2016

Press release UNESCO/KAT 10/2016

हनुमानढोकामा भूकम्पपश्चात उद्धार गरिएका वस्तुहरुको सम्पदा विवरणसूचीकरण सफलतापूर्वक सम्पन्न 

हनुमानढोका दरवार क्षेत्रमा उद्धार गरिएका सरसामाग्रीहरुको विवरणसूची तयार गर्न युनेस्कोको सहयोगमा सञ्चालित परियोजना सफलतापूर्वक सम्पन्न भएको छ । नेपालका बहुमूल्य साँस्कृतिक सम्पदाहरुको केन्द्रमा अवस्थित हनुमानढोका दरवार क्षेत्र सन् २०१५ को भूकम्पका कारण नराम्रोसँग भत्किएको थियो । 

भूकम्पमा परि हनुमानढोका दरवारक्षेत्रका दशवटा संरचनाहरु पूर्णरुपमा ध्वस्त भएका थिए भने अन्य संरचनाहरुमा पनि नराम्रोसँग क्षति पुगेको थियो । उद्धार लगत्तै  भएको पन्छाने कार्यका क्रममा दरवारक्षेत्रबाट उद्धार गरिएका भवनका विभिन्न वस्तुहरुलाई २३ वटा स्थानहरुमा थुपारिएको थियो । 

ठूलाठूला काठका सामाग्री देखि ससाना टुक्राटाक्री लगायत ढुंगे मूर्ति आदिको उद्दार गर्ने, छुट्याउने र तिनको सूचीकरण गर्ने कार्य बृहत थियो । यस क्रममा तीनवटा ताम्रपत्रहरु, पाँचवटा ढुंगाका मूर्तिहरु लगायत १५६५ भन्दा बढी कलाकृतिहरु तथा काठका ढोका, झ्यालहरु आदिलाई एकत्रीत गरिएको थियो । त्यस बाहेक काठका थाम, खम्वा, मेठ, दलिन अड्याउने धलिनख्वा, झलर र मूर्तिहरुको पनि उद्धार गरिएको थियो; यी मध्ये अधिकांशलाई पहिलेकै ठाउँमा पुनः प्रयोगमा ल्याउन सकिने देखिन्छ । 

ती ठाउँमा थुपारिएका विभिन्न स्थितिमा रहेका सामग्रीहरुको स्पष्ट विवरण सूची तयार गर्ने काममा प्राध्यापक मुकुन्द राज अर्याल र सुक्रसागर श्रेष्ठले नेतृत्व गर्नु भएको विज्ञहरु संलग्न रहेको थियो । परियोजनाले पूर्णरुपमा क्षतिग्रस्त भएका आठवटा स्मारकहरु तथा आंशिक क्षति पुगेका दुईवटा संरचनालाई समेटेको थियो । 

नोभेम्वर २०१५ मा पुरातत्व विभाग, हनुमानढोका दरवार संग्रहालय विकास समिति, इकोमस नेपाल र युनेस्को लगायत विभिन्न सरोकारवालाहरुसँगको सहमतीपछि उक्त परियोजना शुरु गरिएको थियो । मूल सिकर्मि तथा दक्ष कर्मिहरुका साथसाथै संग्रहालयका कर्मचारीहरु, स्वयंसेवक तथा मजदुरहरुसँग समन्वय गर्नका लागि युनेस्कोले इकोमस नेपाललाई आग्रह गरेको थियो । परियोजनाका लागि हङकङ स्थित फोक यिङ टुङ फाउण्डेसन तथा जापान सरकारबाट आर्थिक सहयोग प्राप्त  भएको थियो । 

नेपालका लागि युनेस्को प्रतिनिधि क्रिस्चियन म्यानहार्टले “हनुमानढोकाबाट काठका वास्तुकलात्मक वस्तुहरुको विवरणसूची तयार गर्ने काम सफलतापूर्वक सम्पन्न भएकोमा र ती वस्तुहरुलाई पुनरुद्धार, संरक्षण तथा अभिलेखिकरण गर्ने काममा पुरातत्व विभागलाई सहयोग गर्न पाएकोमा खुशी” व्यक्त गर्दै “स्मारकहरुको भग्नावशेषको विवरणसूची तथा यी सामाग्रीहरुलाई पुनः प्रयोग हुन सक्ने कुरा  पुननिर्माणको चरणका लागि ठूलो उपलब्धी हुन सक्ने” उल्लेख गर्नु भयो । 

हनुमानढोका मल्ल तथा शाह राजाहरुका दरवार संरचनाहरु भएको काठमाडौँको केन्द्रभागमा रहेको क्षेत्र हो । यो काठमाडौँ उपत्यका विश्व सम्पदाका सात मध्ये एक स्मारक क्षेत्र हो र यसले निरन्तर धार्मिक अन्तरक्रिया तथा पूजाआजा हुने स्थलका रुपमा नेपालको जीवन्त सम्पदाको हिस्साका रुपमा प्रतिनिधित्व गर्दछ । काष्ठमण्डप लगायतका महत्वपूर्ण स्थलहरु यस परियोजनामा समेटिएको थियो । यी स्थलहरुबाट पुनर्निमाण प्रक्रियामा प्रयोग गर्नु पर्ने सामाग्रीहरुको प्रष्ट र अत्यावश्यक विवरणसूची मात्र प्राप्त भएको नभई यिनले शहरको वहुमूल्य नीधिको संरक्षण गर्ने दिशा पनि प्रदान गदर्छन् । 

थप जानकारिको लागि निम्न प्रतिवेदनहरु हेर्नुहोला:

Reports on Salvaging, screening and inventorying of carved wooded elements from earthquake damaged monuments in Hanumandhoka:

काठमाडौँ, १९ डिसेम्वर २०१६

प्रेस विज्ञप्ती युनेस्को । काठ १०। २०१६




<- Back to: UNESCO Office in Kathmandu
Back to top